सरकारको लापर्वाहिका कारण भाइ भाइ बिच झगडा : साम्सद कार्की


  प्रकाशित मिति : २०८२ बैशाख ३० गते, २:०३

बैशाख ३०,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) साम्सद डा।तोशिमा कार्की ले प्रतिनिधि सभा बैठकको सुन्य समयमा बोल्दै सरकारका लापर्वाहिका कारण नेपाली नेपाली भाइ भाइ बिच द्वन्द्व स्थिति सृजना भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको संसद सचिवालयमा यहि बैशाख १९ गते स्वयम साम्सद कार्की प्रश्ताबक रहि ४ जना थप मान्यहरु मान्य उदय शमसेर राणा,मान्य माधव सापकोटा,मान्य रोशन कार्की,मान्य निशा डागि सर्मथन रहिकन एउटा ध्यानाकर्षण प्रश्ताव दर्ता गराएको र आज ११ दिन भैसक्दा सम्म यो बिषयले संसदमा प्रवेश नपाएको भन्दै साम्सद कार्कीले पुन प्रतिनिधि सभा बैठकमा ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय गौरबको योजना भनिएको काठमाडौं तराइ मधेश द्रुत मार्गको र्निमाणहुन नसक्दा बर्षै देखि स्थानिय नागरिक र र्निमाण पक्ष बिच पटक पटक झडप हुने विवाद हुने स्थिति बनेको र यो इतिहासले देखाएको भन्दै साम्सद कार्कीले सरकारको लापर्वाहिका कारण नेपाली/नेपाली भाइ-भाइ बिच द्वन्द्व स्थिति सृजना भएको बताउनुभएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।