वैशाख २८,चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १० प्रतिशतले वृद्धि भएर ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० १३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको तथ्यांकमा उल्लेख छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







