वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा उद्घाटन भएको कार्यक्रम लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ ले प्रेशको न्यारेसन अलि रुपान्तरित र क्रीटिकल हुन आवश्यक रहेको बताउनु भयो ।

“हामी डेमोक्रेट भएर हाम्रो कार्यशैली, सुशासन हुने कुरामा हाम्रो कमिटमेन्ट रुपानतरण,कार्यान्वन कसरी गर्ने भन्ने कुरामा पनि प्रेशले अलि क्रीटिकल न्यारेसन हरु स्थापित गर्नु पर्यो । अनिमात्र अलि दबाव पर्नुका साथै काम पनि लाग्छ र हामि पनि सहि बाटोमा हिड्छौँ”उनले भने । अनलाइन मिडियाको महा भुकम्प आएको र व्यवस्थित पनि नभएको उनले गुनासो गरे । “यो अनलाइन मिडियाको नम्स पनि छैन र भ्यालु पनि छैन यसले समस्यामा पनि पारेको छ” उनले भने । साइबर क्राइमको माध्यम बाट मात्रै यो गएको महिना मात्र २० करोड भन्दा बढि ठगि भएको पनि उनले जानकारी गराए ।

“मुद्धा हालेको हामि सम्म जानकारी आइपुगेको मात्र यति हो, जानकारि नभएका अझै कति होलान ? यो वर्षमात्र २० हजार भन्दा बढि उजुरी छ साइबर क्रइमको । साइबर क्राइम जँहा हुनछ त्यहा साइबर सेक्युरिटि चाहिन्छ कि चाहिदैन ?” उन्ले प्रश्न गरे
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







