निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै  राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न हुन्छन् :प्रधानमन्त्री ओली 


  प्रकाशित मिति : २०८२ बैशाख २८ गते, ४:१२

वैशाख २७,प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताउनुभएको छ । 

प्रतिनिधिसभामा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको हो । ‘प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ हो’ उहाँले भन्नुभयो । निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज गर्ने नीति नयाँ भएको उहाँले बताउनुभयो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।