हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु


  प्रकाशित मिति : २०८२ बैशाख २८ गते, १०:५१

बैशाख २८,काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका– ७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।