म्यानमारबाट उद्धार गरिएका ११ पुरुष र एक महिलालाई नेपाल फर्काइयो


  प्रकाशित मिति : २०८२ बैशाख २५ गते, १०:४९

बैशाख २५,म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरिएका १२ जना नेपालीहरुलाई थाइल्याण्डको बैंकक हुँदै नेपाल फर्काइएको छ ।

म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरिएका ११ पुरुष र एक महिलालाई थाइल्याण्ड सरकारको सहयोगमा बैंककस्थित नेपाली राजदूतावासले वैशाख २४ गते नेपाल फर्काएको हो । अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका ती नेपाली नागरिकहरूलाई उद्धार गरी टाक इमिग्रेशन अफिस, मे सोट हुँदै थाइल्याण्ड ल्याइएको थियो । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार गरिएका १२ नेपालीलाई स्वदेश फर्काइएको जानकारी दिएको हो ।

सबै नेपाली नागरिकलाई नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान राजदूतावासले अनुरोध समेत गरेको छ । साथै, छिटो समयमा र धेरै पैसा कमाउने लालचमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशहरूमा अवैध रूपमा नजान पनि सचेत गराएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।