कञ्चनपुर–कमला सडक विस्तार:‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ थाल्यो ‘ओभरपास’ निर्माण


  प्रकाशित मिति : २०८२ बैशाख २४ गते, ११:५३

बैशाख २४,र्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो । कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारीका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन् ।

यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बन्दैछन् । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ । पूर्वीखण्ड सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न रु सात अर्ब २७ करोडमा ठेक्का लागेको छ । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारीले जानकारी दिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।