बाथरुममा लडे प्रचण्ड : लाग्यो टाउकोमा चोट


  प्रकाशित मिति : २०८२ बैशाख २४ गते, १०:५३

बैशाख २४,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । टाउमा टाँका लगाउनुपरेको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

प्रचण्ड अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । स्वास्थ्यप्रति चासो राख्नेहरुलाई प्रचण्डको सचिवालय र पारिवारिक सदस्यहरुले मंगलबार राति बाथरुममा गएको बेला लडेर बाथटबमा निधार ठोक्किएकाले तीनवटा टाँका लगाउनु परेको जानकारी दिने गरेका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।