बैशाख २३,काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले सम्मा ११ वटा २० वर्ष पुरानो ट्याक्सिहरु यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पठाएको छ ।
यातायात टेलिभिजन संगको कुराकानिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरि उपरिक्षक दिपक गिरी ले भने “हामि गर्दै छौं । प्रक्रिया भइ रहेको छ । अन्य निकाय संग पनि समन्वय गरेर गर्नुपर्ने हुँदा समय लाग्छ ।”
कुराकानिका क्रममा प्रवक्ता गिरी ले अहिले सम्म ११ वटा २० वर्ष पुराना ट्याक्सि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पठाएको समेत जिकिर गरे उन्ले भने “हामिले अहिले सम्म ११ वटा २० वर्ष पुराना ट्याक्सि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पठाइ सक्यौं । काम हुन्छ बिस्तारै अघि बड्दै छौं ।”
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।