झापामा दुर्घटनामा परी एकजनाको मृत्यु


  प्रकाशित मिति : २०८२ बैशाख २२ गते, ५:२४

बैशाख २२,झापामा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ स्थित गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राती पौने ९ बजेको समयमा मेची राजमार्गको चारआली(केचना सडक खण्ड अन्तरगत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक दमक नगरपालिका– २ का २९ वर्षीय रबिन फुयल सकुशल रहेको र स्कुटर पछाडि लिम्बुको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । पानी परिरहेको र बिजुली पनि गएको अवस्थामा सो स्कुटर अनियन्त्रित भएर सडक छेउको नालामा खसेर दुर्घटना भएको थियो । यता वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।