बैशाख २२,बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंहरुको दर्जन बढी निर्णय गरे । महिनौँसम्म निर्णय गर्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाएरै छाड्नु भयो’, सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले भने ।
उनले भने, ‘कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गर्नुभयो ।’ ्प्रचण्डले कुलमानको समर्थनमा र सरकारको विरोधमा आफ्नो अभिव्यक्ति दिइरहँदा राज्यमन्त्रीबाट बर्खास्तीमा परेको कान्छाराम तामाङ सदनमा खुसी देखिन्थे ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







