बैशाख २२,प्रमुख सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्रीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनालाई लिएर राजावादीमाथि आक्रोश पोखेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले नागरिकका घर तोडफोड गरेर राजतन्त्र नआउने बताएका हुन् । ‘चैत १५ गते तीनकुनेमा के के गरियो, दुनियाँले देखेका छन् । नागरिकका घरमा तोडफोड, लुटपाट र डकैतीका बलमा कस्ता हर्कत भए ।
राप्रपाका सांसद, नेता र महामन्त्रीहरू गएर त्यहाँ उत्पात मच्चाउने, राजा चाहिन्छ भन्दै व्यवस्था बदल्न अनेक हर्कत गर्ने । अनि बाहिर आएर पानीमाथिको बन्ने’, उनले भने, ‘व्यवस्था लुटपाट आगजनीबाट बदलिँदैन। वियर चोरेर बदलिँदैन ।’
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







