बैशख २१,हिजो शनिबार रातिदेखिको वर्षाले भक्तपुरको सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा चिप्लो भएका कारण एकतर्फी रुपमा चलिरहेको सवारीसाधन बर्षा रोकिएको कारण खुलेको छ ।
बिहान ६ः३० मा सांगा मुनि पुगेर गाडि नउक्लिएपछि फर्किएर आएर नालाबाट घुमाएर गाडि लानुपरेको धुलिखेल बाट काठमाडौं गाडि चलाउने एक सवारि चालक ले यातायात टेलिभिजनलाइ जानकारी दिए ।
धुलिखेलको बाटो सांगाको भन्दा पनि खत्तम र नाजुक रहेको उनको भनाइ छ । बनेपा तरकारी बजारमा पनि पानी जमेर हैरान छ । हामिलाइ सरासर पिज हुनेहो भने १ घण्टामा पुग्ने बाटो पिज नभएका कारण लगभग धुलिखेल पुग्न २ घण्टा लाग्छ उन्ले भने ।

भक्तपुर र काभ्रे जिल्ला जोड्ने सूर्यविनायक–जगाति सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको छ । निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका छन् । हल्का पानी परेको बेलामा पनि हिलाम्मे भएर सडकमा गाडी चिप्लिने गरेका छन् ।

गाडी चिप्लिएर जोखिम बढेपछि आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन दिइएको दिएको थियो । यसैगरी भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको थियो । भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक गाडीलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको थियो अहिले भने पानि पर्न रोकिएपछि दुवैतिरको बाटो खुल्ला गरिएको छ ।

बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन उकालो उक्लिन नसक्ने र सडकमै भासिने गरेका छन् । साना सवारी साधन भने चिप्लेर सडकबाट तल खस्ने गरेका छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







