यातायात व्यवसायीद्वारा अर्थ मन्त्री विष्णु पौडेललाइ ध्यानाकर्शण पत्र


  प्रकाशित मिति : २०८२ बैशाख १९ गते, ५:५४

बैशाख १९,आज शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, महासंका सल्लाहकार तथा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलद्वारा माननीय अर्थ मन्त्री विष्णु पौडेललाइ ध्यानाकर्शण पत्र बुझाइएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मिती २०८१।१२।२८ गतेको केन्द्रीय समितीको बैठकले निर्णय गरे बमोजिम यातायात क्षेत्रमा बिगत लामो समयदेखी रहेका विद्यमान समस्याहरुलाई बुदागत रुपमा समाधानको लागी सम्बन्धित मन्त्रालयहरुमा पहल गर्ने निर्णय भएको अवगत गराउँदै केन्द्रीय समितीको बैठकको निर्णय अनुसार एक पटक सम्बन्धित मन्त्रालयमा पत्राचार गरि ध्यानाकर्षण पत्र मार्फत मन्त्रालयलाई समस्या समाधान गर्न अनुरोध गरिएको छ ।

ततःपश्चात समस्या समाधान नभएमा आवश्यकता अनुसार चरणवद्ध आन्दोलनका कार्यक्रमहरु तय गरि चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको समेत ध्यानाकर्शण पत्रमा उल्लेख छ । समस्या समाधान का लागी माननीय अर्थ मन्त्री ज्यूबाट ०८२।८३ को बजेटमा नितीगत व्यवस्था गरिदिन र सम्वन्त्रित मन्त्रालयमा आवश्यक पहल गरिदिन माननीय अर्थ मन्त्रीलाइ अनुरोध गरिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।