सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा


  प्रकाशित मिति : २०८२ बैशाख १८ गते, ३:३६

बैशाख १८,सशस्त्र प्रहरी बलले सुनसरीबाट ७ सय ८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो ।

सो ट्रक खानतलासीको क्रममा ना ७ ख २ सय ८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन बेस धनकुटाले ४ सय २१ किलो गाँजा सहित कार नियन्त्रणमा लिएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।