स्कुटर पारखीहरूका लागि आयो अहिलेसम्मकै पावरफुल इन्जिनमा यस्तो स्कुटर


  प्रकाशित मिति : २०८१ चैत्र ४ गते, १:२४

स्कुटर राइडिङ्गको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक एडिसन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर पवारको मामलामा १२५ सीसी सेग्मेन्टमा सबैभन्दा अगाडि रहेको मोडल हो ।

नेपालकै पहिलो १० पीएसभन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर एनटर्क रेस एक्सपी ब्ल्याकले पावरसँगै स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले ड्यूल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषतामा उपलब्ध भएको छ ।

एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी दुई राइडिङ मोड दिइएको छ । स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा भेट्टाउने छ ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीको दावी छ ।

‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्य लाग्दो छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पाङ्ग्रा र एयरोडायनामिक ग्राफिक्ससहित आएकाले यसले बजारमा राम्रो ब्यापार गर्छ’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

कम्पनीले यसको मूल्य ३ लाख २५ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण सुरु गरेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।