पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल


  प्रकाशित मिति : २०८१ चैत्र १ गते, १:१०

काठमाडौँ । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विषयमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन अपिल गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न भन्दै वार्तामा आउन अपिल गरेको हो।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्र्तदलिय संघर्ष समितिलाई सम्बोधन गरी वार्ताका लागि आह्वान गरेको छ।

वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि आन्दोलनरत पक्षका तर्फबाट ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई गरिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।