काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि प्रहरीले ट्राफिक चेकजाँच तीव्र पारेको छ ।
होलीमा सवारी नियम उलंघन हुने गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँच बढाएको हो । आजको दिन नियम उल्लंघन गरेको पाइए दिनभर सवारीसाधन होल्ड गरिने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले मादक पदर्थ सेवनकर्ता भन्दा लागु औषध सेवनकर्ताबाट हुने दुर्घटनालाई बढी मध्यनजर गर्दै चेकजाँच गरिने बताए । त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) उनले बताए ।
ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।
आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा होलीका कार्यक्रम हुँदैछन् ।
तिनै कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







