काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गरिएको छ ।
गत २५ फागुनमा पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा भएको परीक्षणमा ३१ वटा सवारी साधनको जाँच गरिएको थियो ।
प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएको महानगरपालिकाले जनाएको छ । त्यस्तै, १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ । फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ ।
सवारी साधनको प्रदूषण न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको पहलमा निरन्तर निगरानी गरिने महानगरपालिकाले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







