मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस नेता पौडेलको निधन


  प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते, १२:०६

शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस तनहुँका सदस्य बालकृष्ण पौडेलको निधन भएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएका शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका ५२ वर्षीय पौडेलको उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल नर्सरीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइते पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले बताउनुभयो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।