शंखरापुरमा टिपर टहरोमा पस्यो, सुतिरहेका तीन जनाको मृत्यु


  प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते, ८:४२

काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखुस्थित एउटा टहरोमा एकाविहानै टिपर ठोक्किँदा सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।

बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्किएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन् । उनीहरूको वास्तविक पहिचान भने थाहा छैन । यी नाम पनि संस्थाले राखेको हो । दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ः३० बजे मृत्युको एसपी बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।