राप्रपाको र्‍यालीले अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्थापन


  प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते, ३:३८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनका कारण काठमाडौँ चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ ।

बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक)भएर यात्रा गर्नेहरू पनि आज जाममा परेका छन् ।

लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरू मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरूलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको थियो ।

राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्‍यालीका सहभागीहरू बिजुली बजारमा जम्मा भएका थिए ।

त्यसपछि बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर समापन भएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।