भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताउनुभएको छ ।
मंगलवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालसँग कति सवारीसाधनहरु छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको गुनासो गर्नुभयो । उहाँले अनुमानित ५०/६० लाख सवारीसाधनहरु रहेको बताउनु भयो । वैशाखसम्ममा नेपालभर रहेका सवारीसाधनहरुको यकिन तथ्यांक संकलन गर्ने बताउनु भयो ।
मन्त्री दाहालले कुल सवारीसाधनमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको पनि बताउनु भयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







