काठमाडौं महानगरपालिका-१५ हलचोक क्षेत्रबाट स्वयम्भु प्रहरी वृत्तको सादा पोशाकमा खटिएको प्रहरी टोलीले सार्वजनिक यातायातमा पाकेटमारी र नगद तथा गरगहना लुटपाट गर्ने ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा काभ्रेका सन बहादुर तामाङ, प्रकाश लामा, कसाङ तामाङ, धादिङका बिदुर कमल, विवेक ढुंगाना, सिन्धुपाल्चोकका विकास तामाङ, सिन्धुलीका शख बहादुर योन्जन र रौतहटका आकाश तामाङ रहेका छन्।
प्रहरीका अनुसार, यी आरोपीहरू विगत पाँच महिनादेखि काठमाडौंका सार्वजनिक सवारीसाधनमा चढेर यात्रुहरूको पाकेटमार्ने र गरगहना लुट्ने क्रियाकलापमा संलग्न थिए। फागुन १६ गते शुक्रबार प्रहरी टोलीले विशेष सतर्कता अपनाएर उनीहरूको पक्राउ गरेको हो।
डीएसपी उद्धव सिंह भाटले उक्त घटनामा संलग्न आरोपीहरूले सार्वजनिक यातायातका यात्रुहरूको शोषण गर्दै नगद र गरगहना चोरेका थिए । पक्राउ गरिएका व्यक्तिहरूको विस्तृत अनुसन्धान भइरहेको र थप कानूनी प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
प्रहरीको सफलता जनाउँदै डीएसपी भाटले भने, “यस प्रकारका अपराधिक गतिविधिहरू रोक्नका लागि प्रहरी थप सतर्क रहेको छ र भविष्यमा यस्ता घटनाहरूलाई पूरा रूपमा नियन्त्रण गर्न लागि परिनेछ।”
यस ग्याङ्ग पक्राउले सार्वजनिक यातायातमा हुने पाकेटमार्ने र लुटपाटको घटनामा सुरक्षा बढाउने विश्वास व्यक्त गरिएको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







