प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो ।
सूचना अधिकारी, त्रिभुवन इन्टरनेशनल विमानस्थल तेज बहादुर पौडेलका अनुसार तीन वटा अन्तर्राष्ट्रिय जहाज ल्याण्ड हुन नसक्दा डाइभर्ट गरिएको छ ।
कतारको दोहाबाट आएको एयरवेज भारतको कोलकाता डाइभर्ट भएको छ । मलेसियाबाट आएको नेपाल एयरलाइन्स दिल्ली डाइभर्ट भएको छ भने चीनबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट भएको छ ।
त्यस्तै, भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान पनि ठप्प भएकाे छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







