नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलवार बिहान भएको बस दुर्घनामा परि १७ जना घाइते भएको बताउनु भयो ।
उहाँले घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको बताउनु भयो । उहाँले सडक दुर्घटनामा परी घाइते भएका सबै बरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







