त्रिभुवन विमानस्थलमा पार्किङ ठेक्का खुला, शुल्कदरबारे चासो


  प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते, १०:४५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवनअगाडिको पार्किङ क्षेत्र व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ ।

नागरिक उड्डयन कार्यालय, गौचरले आज जारी गरेको सूचना अनुसार, तोकिएका सर्तहरू अन्तर्गत इच्छुक कम्पनी तथा व्यक्तिहरूलाई बोलपत्र फारम पेस गर्न आह्वान गरिएको छ ।

विगतमा विमानस्थल क्षेत्रमा पार्किङ शुल्क अत्यधिक रहेको गुनासो पटक-पटक उठ्दै आएको छ । यात्रु तथा सेवाग्राहीहरूले बढी शुल्क तिर्नुपरेको भन्दै असन्तोष व्यक्त गर्दै आएका छन् । नयाँ ठेक्का प्रक्रियासँगै शुल्क दर कस्तो हुने भन्नेबारे सर्वसाधारणको चासो बढेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।