टिप्परले हान्दा बाइकमा सवार बाबुछोराको मृत्यु


  प्रकाशित मिति : २०८१ फाल्गुन १० गते, १:१९

इलाम । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका-३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ । टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु-छोराको ज्यान गएको हो ।

सूर्याेदय नगरपालिका-६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाबाट घर फर्किंदै गर्दा दीर्घराजले चलाएको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ । टिप्पर चालक इलामको माइजोगमाई गाउँपालिका-२, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।