गुल्मीमा १८ वटा एम्बुलेन्स प्रयोग विहीन


  प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते, १२:१९

गुल्मीमा बिरामी बोक्न भनेर भित्राइएका १८ वटा एम्बुलेन्स प्रयोग विहीन भएका छन् ।

जिल्लामा रहेका कुल ५६ वटा एम्बुलेन्सहरु मध्ये ३८ वटा एम्बुलेन्सहरु मात्र सञ्चालनमा रहेका संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका अध्यक्ष मोहन केसीले बताए । बाँकी १८ वटा एम्बुलेन्सहरु आर्थिक अभावका कारण मर्मत गर्न नसकी थन्किएका उनको भनाइ छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे एम्बुलेन्स ल्याउन प्रतिस्पर्धा हुने तर दिगो रुपमा सञ्चालन गर्नका लागि कसैको ध्यान नपुग्ने बताउँछन् । त्यसैले एम्बुलेन्स प्रयोगविहीन बन्न पुगेका उनको धारणा छ ।

गुल्मीमा सरकारी निकाय र परोपकारी संस्थाहरुबाट एम्बुलेन्स सञ्चालन हुने गरेका छन् । तर ती नयाँ हुन्जेल चलाउने र पुराना हुँदै गएपछि नचलाउने प्रवृत्ति छ ।

पहाडी क्षेत्रमा भौगोलिक कठिनाइ र जिल्ला दररेटले गर्दा पनि एम्बुलेन्स सञ्चालनमा समस्या बढ्दै गएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका अध्यक्ष मोहन केसी बताउँछन् ।

हाल गुल्मी जिल्ला रहेका पुराना एम्बुलेन्सहरु ग र घ श्रेणीका छन् । अहिले नयाँ ल्याउनेहरुले क र ख श्रेणीका ल्याउने गरेका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।