ट्रम्पलाई बालेनले भने- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद


  प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते, ७:३५

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन्।

नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन्। बालेनले ट्रम्पलाई हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद दिएका हुन्।उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए।

शाहले ट्रम्पलाई सम्बोधन गर्दै भनेका छन्, ‘प्रिय डोनाल्ड जे. ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभएकोमा धन्यवाद ! हामी गरिब छौँ किनभने हाम्रा नागरिकहरू आफ्नै देश छोडेर जानुपर्छ । तर तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंका नागरिकहरूले तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी हुनुहुन्छ, त्यसैले बाँकी संसार तपाईंहरूको लागि आवश्यक छ।’

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।