साउदी अरबमा सवारी दुर्घटनामा ज्यान गुमाएका तीन जनाको शव नेपाल पठाउदै


  प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते, ११:३०

रोजगारीका लागि साउदी अरब पुगेका तीन जना नेपालीको शव विहीबार र शुक्रबार नेपाल पठाइने भएको छ। 

नेपाली  वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार  सडक दुर्घटनामा परि मृत्यु भएका पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव  पठाउने निधो भएको हो।

क्षतिपूर्ति साथ मृतक नेपालीहरूको शव चाँडो भन्दा चाँडो नेपाल पठाउन सम्बन्धित कम्पनी र निकायसँग समन्वय गरिएको थियो। सोही दुर्घटनामा घाइते इलामका सुकबहादुर लिम्बुको  उपचार चलिरहेको छ।

जनवरी २७ का दिन साउदीको पश्चिम क्षेत्र जिजान शहरको आराम्को रिफाइनरी रोडनजिकै कामदार चढेको गाडी र ट्रेलर एक आपसमा  ठोक्किँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन नेपालीसहित भारतका ९ र घानाका तीन जना गरी १५ जनाको मृत्यु भएको थियो।

उनीहरू अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आराम्को प्रोजेक्टमा गर्दै आएका थिए।

दुर्घटनाका घाइते सुकबहादुर लिम्बुसहित अन्य मुलुका ११ जना नजिकैको अस्पतालमा उपचारार्थ छन्।
 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।