काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-५ का ३६ वर्षीय जिते कुमार रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माडी गाउँपालिकामा-४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर मंगलबार राति घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो ।
सडकदेखि करिब ७० मिटर तल चालक जिते मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार टिप्परमा चालक मात्रै रहेका थिए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







