टुँडिखेलमा मनाइयो ७५औं प्रजातन्त्र दिवस


  प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते, १:४०

 टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो ।

कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।