क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु


  प्रकाशित मिति : २०८१ माघ ३० गते, १:३४

बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।

विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो ।

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै आवश्यक परे राति पनि काम गर्ने बताउनुभयो ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।