भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उच्च समुद्रमा नेपाली झण्डा अङ्कित पानी जहाज सञ्चालनका लागि कानुनी ढोका खोल्न सरकारले पानी जहाजसम्बन्धी विधेयक अघि बढाएको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा ‘पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रतावमाथिको छलफलमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले देशभित्र चलिराखेको र विस्तार हुनसक्ने जल यातायातलाई व्यवस्थित गर्न तथा समुद्रमा काम गर्दै गरेको नेपालीको नाविक परिचायपत्रलगायतको दस्तावेज तयार गर्न पनि सोसम्बन्धी कानुन आवश्यक भएको बताउनुभयो ।
मन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा कुनै भूभागको दुई सय माइलभन्दा परको सामुद्रिक खानी, माछा मार्नेलगायत जलचरको उपयोग, सामुद्रिक अनुसन्धानात्मक कार्य र पानी जहाज सञ्चालन गर्ने कार्यमा भूपरिवेष्टित मुलुकको समान अधिकार हुने व्यवस्था भए पनि नेपालले उक्त स्रोतको उपयोग गर्न नसकिरहेको अवस्था रहेको जानकारी गराउनुभयो ।
सो अधिकार उपयोग गर्नका लागि नेपाल उक्त महासन्धिको पक्ष राष्ट्र हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सो महासन्धिलाई नेपालको आन्तरिक कानुनी व्यवस्थामार्फत सम्बोधन गर्न यसअघि भएका पानी जहाजसम्बन्धी ऐनले कुनै व्यवस्था नगरेको बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







