काठमाडौँ । सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुवाँ उत्सर्जन मापदण्ड विपरीत पाइएको छ ।
काठमाडौँ महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदूषण चेकजाँचका क्रममा ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत भेटिएको महानगरपालिकाले सोमबार जानकारी दिएको हो ।
चेकजाँच गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१ वटा चेकजाँच गर्दा ३२२ वटा फेल भेटिएका हुन् । यसरी हेर्दा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारी साधनहरू मापदण्ड विपरीत छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







