काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’ को बुकिङ खुला गरेको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ खुला गरेको हो ।
कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सियुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरूले सम्पन्न रहेको बताइएको छ । नेक्सन केथ्री इभीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रूपैयाँ रहेको छ । साथै, सुरुवाती अफरमा ग्राहकहरूलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ र टाटा मोटर्स बिचको सहकार्यमा पहिलो पटक विद्युतीय गाडी नेक्सन इभी प्राइम २०२१ मा नेपालमा बिक्री-वितरण सुरू गरिएको थियो । यसलाई नेपाली ग्राहकहरूले अत्याधिक रूपमा मन पराई दिनुभयो । ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसात गर्दै हामीले नेपालको इभी इको सिस्टममा लगानी गर्यौं ।’
‘अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम, जसमा १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । आजबाट बुकिङ सुरू भएको नेक्सन केथ्री इभीको बिक्रीसँगै, बिक्रीपछिको सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं’ उनले भने ।
यो गाडीमा ४५ किलोवाट ब्याट्री प्याक रहेको छ जसले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिन्छ । यस्तै, ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार कि.मि. वारेन्टी सुनिश्चित गरिएको छ । ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा समेत नेक्सन केथ्री इभीमा उपलब्ध छ । यो गाडीमा नेक्सन केथ्री इभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







