तारेभिर यातायात प्रालिको वार्षिक साधारण सभा सम्पन्न


  प्रकाशित मिति : २०८१ पुस २४ गते, ५:३५

तारेभिर यातायात प्रालिको वार्षिक साधारण सभा टोखा चन्देश्वरी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ। सभाको अध्यक्षता गोपाल कार्कीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँर हुनुहुन्थ्यो।

विशेष अतिथिहरूमा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, अनिता लामा, हरिशरण केसी, महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, र पूर्वीय क्षेत्रीय संयोजक मीन बहादुर श्रेष्ठ रहनुभएको थियो।

त्यसैगरी, बुढनिलकण्ठ यातायात प्रालिका अध्यक्ष लक्ष्मण थापा, ट्राफिक प्रहरी सह-इन्स्पेक्टर बिक्रम बिक, वडा अध्यक्षहरू, शिवपुरी यातायात प्रालिका अध्यक्ष प्रमोद खड्का, कानूनी सल्लाहकार, तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।