काठमाडौं । रौतहटमा पाँच महिनाअघि फेला परेको बेवारिसे गाडी अन्ततः गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीले साउन २७ गते दुर्गाभगवती गाउँपालिका-३ मतसरीमा फेला पारेको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा स्कारपियो गाडी गत शुक्रबार भन्सार कार्यालयमा हस्तान्तरण गरेको हो ।
चोरीको गाडी सञ्चालनमा रहेको सूचना पाएपछि प्रहरी टोलीले उक्त गाडी नियन्त्रणमा लिएको थियो । पाँच महिनासम्म पनि गाडीको दाबी गर्ने कोही नआएपछि त्यसलाई भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।
करिब ३० लाख रुपैयाँ मूल्य पर्ने यो गाडी अब भन्सार प्रक्रिया पूरा गरी आवश्यक निर्णयका लागि अगाडि बढाइने छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







