सरकारले धरहरामा पार्किङ शुल्क लिने निर्णय गरे पनि हाललाई निःशुल्क पार्किङको सुविधा दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहराको वेसमेन्ट पार्किङमा सवारी पार्किङ गर्दा शुल्क लिने निर्णय गरेको थियो । तर हाललाई उक्त निर्णय कार्यान्वयन नभएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताउनुभयो ।
मन्त्री परिषद्को निर्णयअनुसार चारपाङ्ग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीको लागि प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







