सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर


  प्रकाशित मिति : २०८१ मंसिर ९ गते, १:०४

सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस सेन्टर (सेवा केन्द्र) सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आयात र बिक्री गरिरहेको कम्पनीले बागडोलको सर्भिस सेन्टर आइतबार उद्‌घाटन गरेको हो ।

उक्त सेवा केन्द्रको उद्घाटन सिजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय संसदका सदस्य विनोद चौधरीले गरे ।

सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ । हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरेको छ ।

हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।