नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निर्देशन


  प्रकाशित मिति : २०८१ मंसिर ६ गते, ६:३३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले साजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उहाँले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्र उप्काएर काम अघि बढाउन निर्देशन दिनुभएको हो

बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम ३४ अर्ब लगानीमा हुँदैछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । उक्त दुई लेनको सडक अब चार लेनको बन्ने छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्नसक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने जानकारी गराइएको छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।