तनहुँको बन्दीपुरमा दुईवटा बस एकापसमा ठोक्कीदा एकजनाको मृत्यु, २९ यात्रु घाइते


  प्रकाशित मिति : २०८१ मंसिर २ गते, ५:५०

काठमाडौं- तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ ।

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।