अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।
थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो । यात्रुसहित जहाज होल्डमा बसिरहेको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो ।
आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन । ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन,’ उनले भने ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







