भारतमा हवाई सेवा प्रदायकहरूलाई विमानभित्र बम राखेको धम्की आउने क्रम टुटेको छैन । एकै पटक अरू ८५ वटा विमानमा यस्तो खालको धम्की आएको छ ।
यीमध्ये एयर इन्डियाका २० विमान रहेको बताइएको छ । धम्की पाएका अन्य विमानमा इन्डिगोको २०, विस्ताराको २० र आकासाका २५ विमान रहेका छन् ।
न्यूज एजेन्सीका अनुसार यसअघि दिल्ली प्रहरीले गएको ८ दिनमा ९० भन्दा धेरै घरेलु र अन्तर्राष्ट्रिय उडानमा धम्कीबारे आठ वटा अलग अलग एफआईआर दर्ता गरेको छ । यी उडान दिल्लीबाट विभिन्न घरेलु र अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाँदै थिए । यी मामिलाको छानबिन भइरहेको प्रहरीले बताएको छ । धम्कीपूर्ण म्यासेज एक्समा पाइएको एक वरिष्ठ प्रहरी अधिकारीले भनेका थिए । तर पछि अधिकारीहरू यो कुरा खण्डन गरेका थिए ।
पहिलो पटक बम राखेको धम्की दिल्लीबाट बैंगलुरु जान लागेको आकासाको फ्लाइटमा पाइएको थियो । एक्समार्फत बमको धम्की प्राप्त भएको थियो । सो विमानमा १८० जना यात्री सवार थिए । धम्की आएपछि विमानलाई दिल्ली फर्काएर आकस्मिक अवतरण गराइयो ।
दिल्ली प्रहरीको साइबर सेलको टोलीले उडानमाथि जारी खतराबारे एक्स र सामाजिक सञ्जालमा गतिविधिमाथि नजर राखिरहेको छ । एक हप्तामा १७० भन्दा बढी उडानमा बमको धम्की प्राप्त भएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







