एउटै वडामा तीनवटा पुल निर्माण


  प्रकाशित मिति : २०८१ कार्तिक ७ गते, १:४५

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् ।

शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको रु तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । निर्माण गरेको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि सङ्घीय सरकारकै बजेटमा निर्माण भएको हो । पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ । यो पुल रु एक करोड ५० लाख लागतमा निर्माण भएको हो । स्वाँतको खोपा खोलामा पनि रु ३० लाखको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।