भारतको राजधानी दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत सावित भएको छ ।
विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो ।
यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए ।
विमानमा बम रहेको सूचना ह्वाटएपमार्फत आएको बताइएको छ । विमानमा बम नरहेको पुष्टि भएपछि विमानस्थल पुनः सुचारु गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार मंगलबार मात्रै भारतमा झण्डै ५० वटा उडानमा बमको हल्ला फैलिएको छ । पछिल्लो समय फरक फरक कम्पनीका जहाजमा बम रहेका सूचना फैलिइरहेको समाचारमा जनाइएको छ ।
मंगलबार इन्डिगोका १० उडानमा यस्तो चेतावनी दिइएको थियो । तीमध्ये कम्तीमा तीन उडान डाइभर्ट नै गर्नुपरेको बताइएको छ ।
यता एयर इन्डियाका विमानमा पनि सोमबारदेखि मंगलबार रातिसम्म १० उडानमा बमको डर देखाइएको छ
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







