पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरूका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मिर्गौलामा समस्या भई नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि उक्त कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । नियमित डायलासिस गर्ने विपन्न नागरिकले अधिकतम लाभ लिउन भन्ने उद्देश्यले कार्यक्रम लागू गरिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







