हुन्डाई मोटर २०२४ को ग्लोबल इन्टरब्रान्ड र्‍याङ्किङमा ३०औँ स्थानमा उक्लियो


  प्रकाशित मिति : २०८१ कार्तिक ६ गते, ४:२९

हुन्डाई मोटर २०२४ को इन्टरब्रान्ड र्‍याङ्किङमा शीर्ष ३० स्थानमा उक्लिएको छ । उक्त कम्पनीले हुन्डाई मोटर २०२४ को इन्टरब्रान्ड र्‍याङ्किङमा २३ विलियन डलर ब्रान्ड मूल्याङ्कनका साथ ग्लोबल रूपमा शीर्ष ३०औँ स्थानमा उक्लिएको जनाएको हो ।

यसले पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रोपटक र्‍याङ्किङमा वृद्धि भएको छ । यस अवधिमा, ब्रान्डले ६ स्थान माथि ३६औँबाट ३०औँ स्थानमा उक्लिएको छ र ब्रान्ड मूल्याङ्कन पनि बढेको लगातार १४औँ वर्ष हो ।

इन्टरब्रान्डले एक वैश्विक ब्रान्ड परामर्श फर्म, वार्षिक रूपमा प्रमुख बहुराष्ट्रिय कम्पनीहरूको मूल्याङ्कन गर्दछ । र्‍याङ्किङ तीन कारकहरूमा आधारित छ: वित्तीय प्रदर्शनको विश्लेषण, ब्रान्डको भूमिका र ब्रान्डको प्रतिस्पर्धी शक्ति । यस प्रतिष्ठित सूचीमा हुन्डाई मोटरको वृद्धि कम्पनीको निरन्तर विकास र बलियो कार्यसम्पादनको प्रमाण भएको कम्पनीको दाबी छ ।

हुन्डाई मोटर कम्पनीका अध्यक्ष र सीईओ जेहुन चाङले भने, ‘हुन्डाई मोटरले सवारीसाधन निर्माणभन्दा बाहिर एएएम र अन्य प्रकारको गतिशीलतामा विस्तार गरेर गेम चेन्जरको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ । हाम्रो प्राविधिक विकासले मानवताका लागि समृद्ध र अधिक दिगो भविष्य ल्याउनेछ ।’

हुन्डाई मोटरले रणनीतिक पहलहरूमार्फत आफ्नो विश्वव्यापी ब्रान्ड प्रभावलाई पनि विस्तार गरेको छ । हुन्डाई मोटरको ब्रान्ड मूल्य वृद्धि हुनुमा कम्पनीको ब्रान्ड भिजन ‘प्रोग्रेस फर ह्युमानिटी’ लाई मूर्त रूप दिने विभिन्न विश्वव्यापी पहलहरू रहेको कम्पनीको भनाइ छ ।

हुन्डाई मोटरले हालै बजार नेतृत्वका लागि मध्यदेखि दीर्घकालीन रणनीति ‘हुन्डाई वे’ अनावरण गरेको छ । कम्पनीले बजारमा लचिलो प्रतिक्रिया दिँदै गतिशीलता र ऊर्जामा केन्द्रित भविष्य सिर्जना गर्न आविष्कार गर्न जारी राख्ने जनाएको छ । सफ्टवेयर र एआईमा आधारित आफ्ना उत्पादन र सेवाहरूलाई निरन्तर बढाउँदै लगेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।