यातायात कम्पनी सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ ।
सोमबार टोखा नगरपालिका वडा नम्बर ३ स्थित भत्केको पुलमा आयोजित एक कार्यक्रमकाबिच ती बस उद्घाटनको घोषणा गरिएको छ ।
कार्यक्रममा सामाखुसी यातायातका अध्यक्ष सानु काजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका यात्रुहरूको सेवालाई मध्यनजर गर्दै १५ वटा बस थपेको जानकारी दिए । उनका अनुसार १५ वटा बस खरिदमा करिब ७ करोड लगानी भएको छ ।
थपिएका बसहरू काठमाडौँको उत्तरी बेल्टमा पर्ने मनमैजु–लोकतान्त्रिक चोक–नयाँ बसपार्क–जमल–एनएसी हुँदै सोही रुट फर्किनेछन् । यस्तै झोर बसपार्क टोखा–सामाखुसी चोक हुँदै जमल–रत्नपार्क पुगेर सोही रुटबाट फर्किनेगरी व्यवस्था मिलाइएको उनले बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका योगेन्द्र नाथ कर्माचार्य, उपाध्यक्ष रामप्रसाद सुवेदीसहित, कांग्रेस महासमिति सदस्य सुशील भट्ट, नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरेलगायतको सहभागिता थियो ।
सहभागीहरूले सामाखुसी यातायातको सेवा राम्रो रहेको र आगामी दिनमा थप प्रभावकारी बनाउन शुभकामना दिएका थिए । सामाखुसी यातायात प्रालि मातहत बस र माइक्रोस गरी करिब १५० वटा गाडी सञ्चालनमा रहेको बताइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







